विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता समापन भएको ८ महिनापछि आयोजकले हिसाब सार्वजनिक गरेको छ । बिहीबार प्रतियोगिता नाफामा रहेको हिसाब सार्वजनिक गरेको हो ।
गत फागुन १९ गतेदेखि २८ गते नवौ संस्करणको विराट गोल्डकप सञ्चालन भएको थियो ।
नवौं संस्करणकाे प्रतियाेगिताकाे संयोजक उद्योगी नविन रिजालले प्रतियोगिताबाट करिब ३ लाख रुपैयाँ मुनाफा भएको बताए । सातौं र आठौ संस्करण भने घाटामा गएको थियो ।
विराटनगर फुटबल ट्रस्टले बिहीबार पत्रकार सम्मेलन गर्दै २ लाख ९४ हजार ३७४ रुपैयाँ मुनाफा भएको बताएको हो ।
संयोजक रिजालले टिकट बिक्री कम, प्रायोजकले प्रतिवद्धता अनुसार भुक्तानी नदिदा मुनाफा कम भएको बताए । नवौं संस्करणको गोल्डकपमा करिब १ करोड ७ लाख २१ हजार रुपैयाँ आम्दानी १ करोड ४ लाख रुपैयाँ खर्च भएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)