विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनी, तोडफोड र लुटपाट हुँदा विराटनगर महानगरपालिकामा मात्रै ९८ करोड ६३ लाख भन्दा बढीको क्षति भएको छ ।
महानगरपालिकाको प्रशासनिक भवन, वडा कार्यालय, सवारीसाधन र मेसिनरी उपकरण नष्ट हुँदा ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँ बराबरको क्षति भएको हो ।
महानगरपालिकाका मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षति भएको छ । जेनजी आन्दोलनमा महानगरको प्रशासनिक भवन ध्वस्त भएको थियो । वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०,११,१२ र १९ नम्बर वडामा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।
महानगरपालिकामा रहेको स्काभेटर, शवबाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्दलगायत सामग्री नष्ट हुँदा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ बराबरको क्षति भएको छ । वडागत रुपमा संकलन गर्नुपर्ने परेका कारण क्षतिको पूर्ण विवरण आउन समय लागेको मेयर कोइरालाले बताए ।
आगजनीबाट विराटनगर महानगरपालिकाको प्रशासनिक भवनमा रहेका सम्पूर्ण कागजात नष्ट भएको थियो । अराजक समूहले महत्वपूर्ण कागजात रहेको कोठा खोजीखोजी आगजनी गरेका थिए । महानगरको घरनक्सा, राजस्व र नागरिकको सेवा प्रवाहसँग जोडिएका अन्य कागजत नष्ट हुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
प्रशासनिक भवन र वडा कार्यालयहरूमा आगजनी भएका कारण महानगरपालिकाले टेन्टमार्फत सेवा प्रवाह गरेको थियो । कार्यालय सञ्चालनका लागि भवन मर्मत भइरहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)