नेत्र खतिवडाको “ढुङ्गो फुलेपछि” लोकार्पण

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेत्र खतिवडाको मुक्तकसङ्ग्रह “ढुङ्गो फुलेपछि” लोकार्पण भएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरको विष्णुमाया पुस्तकालयमा आयोजना गरेको कार्यक्रममा खतिवडाको कृति लोकार्पण भएको हो ।

प्राज्ञ विवश पोखरेलले मुक्तक वाचन गरेर उद्घाटन भएको कार्यक्रममा पोखरेलसँगै साहित्यकार बलराम पोखरेल, कविराज न्यौपाने, नगेन्द्र स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईं, भूषण ढुङ्गेल, उमेश लुइटेल, प्रयाग न्यौपाने, सुरेन्द्रकुमार शाह, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेललगायतले संयुक्त रुपमा कृतिको लोकार्पण गरे ।
भूषण ढुंगेल र उमेश लुइटेलले मुक्तकका बारेमा आआफ्नो समीक्षात्मक धारणा राखेका थिए ।

समीक्षक लुइटेलले कृतिमा उपयुक्त बिम्ब संयोजन भएको बताए । प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले मानवीय संवेदनायुक्त कृतिले समाज र वर्तमान समय बोलेको धारणा राखे । आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलले भविष्यको उज्यालो आशाले जीवनलाई सार्थक बनाउछ भन्ने विचार राख्दै सबैलाई धन्यवाद दिएका थिए ।

मुक्तककारहरु नवराज पोखरेल नवशिला, नानुमैया दाहाल, पुष्पा सायरा र प्रज्ञा कट्टेलले कृती भित्रबाट २/२ वटा मुक्तक वाचन गरेका थिए।

खोटाङ सामाजिक सेवा मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेल, मेदिनी शर्मा, देवी पन्थी, डमरु बल्लभ भण्डारी, हरिहर भण्डारी, राजेन्द्र गुरागाईं, दिङ्लाली कन्छो, निर्मला कोइराला, चिरञ्जीवी काफ्ले, स्वर संगीतका अध्यक्ष कुशेश्वर राई, नोबेल साकोसकी अध्यक्ष मन्जु दाहाल, सृजना इनरुवाका अध्यक्ष लिलानाथ सिलवाल, सप्तरंगी साहित्य समाज नेपालका अध्यक्ष रमेन्द्र कोइराला, केशु विरही, डोमि कामत, हरिप्रसाद बराल, चुडामणि अकिन्चन, भीम कोइराला, नवराज नवशिला,प्रमोद ढकाल ,लक्ष्मी पोखरेल , जमुना पौडेल ,अम्बिका खरेल ,नानुमैया दाहाल, पुष्पा सायरा, शारदा कार्कीलगायतको उपस्थिति लाेकार्पण गरिएकाे थियो।

लेखक नेत्र खतिवडाको मुक्तक संग्रह ‘ढुंङ्गो फुलेपछि’ मा समय, समाज र मानवीय संवेदनाका विविध आयाम समेटिएका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी रायमाझीले राखेकी थिइन् भने कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेलले गरेका थिए । प्रतिष्ठानले मुक्तक लेख्न चाहना राख्ने लेखकलाई चाँडै नै प्रशिक्षणको समेत कार्यक्रम राख्ने योजनामा रहेको प्रतिष्ठानका सचीव मदन भण्डारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: बुधबार, २७ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.