प्रचण्ड–माधव नेतृत्वको नेकपामा मिसिँदै भीम रावल

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा एमालेबाट निकालिएपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका पूर्वमन्त्री डाक्टर भीम रावल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदैछन् । आज उनी नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुनेछन् ।

गत साता भृकुटीमण्डपमा आयोजित १० दलको एकता घोषणा समारोहमै रावललाई पनि आबद्ध गराउने तयारी थियो । कार्यक्रमको मञ्चबाटै प्रचण्डले भीम रावल आउन लागेको बताएका थिए । तर रावलबारे ‘थप छलफल’ आवश्यक रहेको भन्दै त्यतिबेला मिसिने निर्णय गरेका थिएनन् ।

गत आइतबार साँझ प्रचण्ड, माधव नेपाल, प्रकाश ज्वाला, भानुभक्त जोशीलगायतसँग छलफल भएपछि भने रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन सहमत भएका थिए ।

रावललाई नेपाली कम्युनिस्ट पार्टीमा छैटौं वरीयता दिने सहमति नेताहरुबीच भएको छ ।

प्रकाशित मिति: बुधबार, २७ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.