काठमाडौं । मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदको दर्ता गरेको रिटमा सर्वाेच्च अदालतले आजका लागि पेसी तोकेको छ । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । कुल ११० सदस्यीय प्रदेशसभा छ ।
सांसदहरुले नियुक्तिको निर्णय स्थगन गरी पुनः संवैधानिक आह्वानका लागि अन्तरिम आदेश माग गरेका छन् । सांसदहरूको हस्ताक्षरसहित वारिस बनेर कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले रिट दर्ता गरेका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार, रिटमा आजका लागि पेसी तोकिएको छ ।
मधेस प्रदेश प्रमुखको कार्यालयमा एक महिनाअघि एमालेले कांग्रेस संसदीय दलका नेता यादवलाई समर्थन दिएर प्रस्ताव दर्ता भएको थियो । तर, जनमत पार्टीको आन्तरिक द्वन्द्वका कारण लोसपाका जितेन्द्र सोनाल मुख्यमन्त्री बनेका थिए । उनले बहुमत पाउने अवस्था नबनेपछि राजीनामा घोषणा गरेका थिए ।
संविधानको धारा १६८(२) अनुसार, नियुक्त भएका सोनालले विश्वासको मत नै नमागी पदबाट राजीनामा दिएपछि त्यही धारा अनुरूप सरकार गठनको प्रक्रिया बाँकी रहेको सातदलीय गठबन्धनको दाबी छ । दाबी छल्न प्रदेश प्रमुखले उपचारका लागि काठमाडौं जाने भन्दै मुख्यमन्त्रीसँग बिदा भएर होटेलबाट नयाँ मुख्यमन्त्री नियुक्त गर्दै एमाले संसदीय दलका नेता सरोज यादवलाई शपथ खुवाएकी थिइन् । हाेटलमा मुख्यमन्त्रीकाे शपथ गराएपछि मधेसमा विवाद छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)