विराटनगर । विराटनगरको बरगाछी चोक नजिकै ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिकै मंगलबार साँझ भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा सर्लाही हरिपुर नगरपालिका– १ की ४५ वर्षीया रोहिता अधिकारी कोइरालाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार कञ्चनबारीबाट दक्षिणतर्फ आउँदै गरेको डब्लुबी ५९ सी ०२४८ नम्बर भारतीय ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्रदेश २–०३–०११ प ४३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते महिलाको कोशी अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक मृतकका श्रीमान ५७ वर्षीय विमल कोइराला घाइते छन् । उनको अवस्था सामान्य छ ।
ट्रक र ट्रक चालक भारत बिहारको सिमान्त जिल्ला बडहरियाका ४० वर्षीय कन्हैया यादवलाई नियन्त्रणमा लिएको मोरङका ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपानले जानकारी दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)