जंगलमा फालिएकाे फाेहाेरमा मरे १३ वटा बाख्रा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७  मा रहेकाे ग्रामीण सुधार सामुदायिक वन भित्र फोहोर फाल्ने स्थान नजिकै एकैपटक १३ वटा बाख्रा तथा बोकाहरू मृत अवस्थामा फेला परेका छन् ।

मङ्गलबार बिहान करिब ७:४५ बजे बाख्राहरू मृत भेटिएपछि स्थानीय पशुपालकहरू चिन्तित बनेका छन् । इलाका प्रहरी चौकी, कानेपोखरीबाट करिब २ किलोमिटर दक्षिणतर्फको क्षेत्रमा यो घटना भएको हो ।

यसरी मरेका बाख्राहरूमा स्थानीय ४० वर्षीय वकिल राईका ६ वटा बाख्रा (अनुमानित मूल्य ५२ हजार), ५० वर्षीय बलराम दाहालका ६ वटा बाख्रा बोका (अनुमानित मूल्य ५५ हजार) र सोही स्थानका ५० वर्षीय गोविन्द कार्कीको एउटा बाख्रा (अनुमानित मूल्य १५ हजार) रहेको प्रहरीले जनाएको छ ।

बाख्राहरूको मृत्यु किन र कसरी भयो भन्नेबारे हालसम्म केही खुल्न सकेको छैन । घटनाको जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरिसकेको छ ।

प्रकाशित मिति: मङ्गलबार, २६ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.