विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७ मा रहेकाे ग्रामीण सुधार सामुदायिक वन भित्र फोहोर फाल्ने स्थान नजिकै एकैपटक १३ वटा बाख्रा तथा बोकाहरू मृत अवस्थामा फेला परेका छन् ।
मङ्गलबार बिहान करिब ७:४५ बजे बाख्राहरू मृत भेटिएपछि स्थानीय पशुपालकहरू चिन्तित बनेका छन् । इलाका प्रहरी चौकी, कानेपोखरीबाट करिब २ किलोमिटर दक्षिणतर्फको क्षेत्रमा यो घटना भएको हो ।
यसरी मरेका बाख्राहरूमा स्थानीय ४० वर्षीय वकिल राईका ६ वटा बाख्रा (अनुमानित मूल्य ५२ हजार), ५० वर्षीय बलराम दाहालका ६ वटा बाख्रा बोका (अनुमानित मूल्य ५५ हजार) र सोही स्थानका ५० वर्षीय गोविन्द कार्कीको एउटा बाख्रा (अनुमानित मूल्य १५ हजार) रहेको प्रहरीले जनाएको छ ।
बाख्राहरूको मृत्यु किन र कसरी भयो भन्नेबारे हालसम्म केही खुल्न सकेको छैन । घटनाको जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरिसकेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)