बिहारमा दोस्रो चरणको निर्वाचन आज

Satya Sanchar सत्य सञ्चार

विराटनगर । बिहारको विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान सुरु भएकाे छ ।

पूर्वी नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाको १२२ विधानसभा निर्वाचन क्षेत्रमा मतदान सुरु भएकाे हाे । निर्वाचनमा १ हजार ३०२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।

बिहारको बिधानसभा निर्वाचनका लागि नेपालसँग जोडिएका नाकाहरु बन्द गरिएका छन् । माेरङ सुनसरीकाे सीमा नाका शनिबार बेलुकादेखि शील गरिएको हो । आजको मतदानपछि सीमा नाका खुला हुने जिल्ला प्रशासन कार्यालय माेरङले जनाएकाे छ ।

१२२ क्षेत्रमा  १ करोड ७४ लाख महिलासहित ३ करोड ७० लाखभन्दा बढी मतदाता छन् । मतदानका लागि ४५,३९९ मतदान केन्द्र निर्धारण गरिएको छ ।

नोभेम्बर ६ मा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा पहिलो चरणको मतदान भएको थियो । मतदानमा ६५.०८ प्रतिशतले मतदान गरेका थिए ।  अन्तिम चरणको मतदानले नयाँ सरकार गठनसँगै बिहारको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।

प्रकाशित मिति: मङ्गलबार, २६ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.