विराटनगर । बिहारको विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान सुरु भएकाे छ ।
पूर्वी नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाको १२२ विधानसभा निर्वाचन क्षेत्रमा मतदान सुरु भएकाे हाे । निर्वाचनमा १ हजार ३०२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।
बिहारको बिधानसभा निर्वाचनका लागि नेपालसँग जोडिएका नाकाहरु बन्द गरिएका छन् । माेरङ सुनसरीकाे सीमा नाका शनिबार बेलुकादेखि शील गरिएको हो । आजको मतदानपछि सीमा नाका खुला हुने जिल्ला प्रशासन कार्यालय माेरङले जनाएकाे छ ।
१२२ क्षेत्रमा १ करोड ७४ लाख महिलासहित ३ करोड ७० लाखभन्दा बढी मतदाता छन् । मतदानका लागि ४५,३९९ मतदान केन्द्र निर्धारण गरिएको छ ।
नोभेम्बर ६ मा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा पहिलो चरणको मतदान भएको थियो । मतदानमा ६५.०८ प्रतिशतले मतदान गरेका थिए । अन्तिम चरणको मतदानले नयाँ सरकार गठनसँगै बिहारको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,540)
जीवन विकासले बोलायो साधारणसभा (1,488)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,407)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,359)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,266)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)