कटहरीकाे तरकारी बजारमा प्रदेशसभा सञ्चालन गर्ने निर्णय

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रदेश सरकारले माेरङकाे कटहरी गाउँपालिका – १ मा रहेकाे कटहरी फलफूल तथा कृषि थोक बजारमा कोशी प्रदेशसभा र सचिवालय सञ्चालन गर्ने निर्णय भएको छ ।

सोमबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले कृषि बजारको भवन र संरचनामा अस्थायी रुपमा प्रदेशसभा र सचिवालय सञ्चालनका लागि स्विकृति प्रदान गर्ने निर्णय गरेको हो ।

विराटनगरको तरकारी बजार ‘गुद्री’लाई सार्नका लागि निर्माण गरिएको भवन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ चैत २०७५ मा उद्‌घाटन गरेका थिए । उद्घाटनपछि तरकारी बजारको संरचना प्रयोग बिहिन थियो ।विराटनगरको गुद्री बजारका व्यापारी जान नमानेपछि प्रयोग बिहीन भएको संरचना बाहिर साप्ताहिक हाटबजार लाग्दै आएको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गते अराजक समूहले आगजनी गर्दा प्रदेशसभा भवन र सचिवालय ध्वस्त भएको थियो ।

मन्त्रीपरिषद् बैठकले कृषि बजारमा प्रदेशसभा बैठक र सचिवालय सञ्चालनका लागि आवश्यक संरचना तयार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । उनका अनुसार सचिवालय र प्रदेशसभाका लागि आवश्यक संरचना भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार गर्नेछ ।

बैठकले संघीय सरकारबाट सरुवा भई आएका तीनजना सहसचिवलाई प्रदेश सचिवको रुपमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।

सहसचिव कोषहरि निरौलालाई आर्थिक मामला तथा योजना मन्त्रालयको सचिव, उद्धव रिजाललाई सामाजिक विकास मन्त्रालयको सचिव र पुष्करप्रसाद पोखरेललाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयमा प्रदेश सचिवको रूपमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: सोमबार, २५ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.