विवादित मधेश प्रदेश प्रमुख पदमुक्त

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अन्तरिम सरकारले विवादित मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । भण्डारीलाई पदमुक्त गरेको सरकारले सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुख नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

बिरामी छु भन्दै उपचारका लागि जनकपुरबाट काठमाडौं हिडेकी मधेश प्रदेश प्रमुख भण्डारीले आधा बाटोबाटै नयाँ सरकार गठन गरेपछि विवाद सुरू भएको थियो ।

सोमबार बिहान होटलमा उनले संविधानको धारा १६८ को उपधारा ३ अनुसार एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । नियुक्तीको विरोधमा मधेश प्रदेशको राजधानी जनकपुरमा विरोध प्रदर्शन भएको थियो ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको सम्भावना हुँदाहुँदै उपधारा ३ अनुसार होटलबाट नयाँ सरकार गठन गरेपछि सर्वोच्च अदालतमा रिट पनि दर्ता भएको छ ।

प्रकाशित मिति: सोमबार, २५ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.