बिरामी छु भन्दै काठमाडौं हिडेकी प्रदेश प्रमुखले आधा बाटाेबाटै गठन गरिन मधेश सरकार

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । बिरामी छु भन्दै उपचारका लागि जनकपुरबाट काठमाडौं हिडेकी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आधा बाटोबाट नयाँ सरकार गठन गरेकी छन् ।

सिन्धुलीको होटलबाट उनले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । उनले सोमबार बिहान होटलमै नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदको शपथ ग्रहण पनि गराएकी छन् ।

सिन्धुलीको एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाइन् । संविधानको धारा १६८ (२) अनुसार गठन भएको सरकारका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि दलहरुले पुन उपधारा २ अनुसार नै सरकार गठन आह्वानको माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसेका थिए । तर, उपधारा ३ अनुसार प्रदेश सभाको ठुलो दलको हैसियतमा नयाँ मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

शपथपछि यादवले जनकपुरमा अवस्था सहज नभएपछि सिन्धुलीमा शपथ गरेको बताए ।सोनलले प्रदेश प्रमुख भण्डारीले मधेस प्रदेशको जनतालाई धोका भएको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, २५ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.