वर्षा र हावाहुरीले काेशी प्रदेशमा २ अर्बकाे धानबालीमा क्षति

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अविरल वर्षाबाट कोशी प्रदेशमा दुई अर्ब पाँच करोड ४३ लाख ६७ हजार मूल्य बराबरको धानबालीमा क्षति भएको कृषि विकास निर्देशनालय विराटनगले जनाएको छ । कोशी प्रदेशमा कात्तिकको पहिलो हप्तादेखि १७ गतेसम्म अविरल वर्षा भएको थियो ।

जसमा अविरल वर्षाकै कारण सुनसरीमा २०० हेक्टर जग्गामा लगाइएको दुई हजार मेट्रिक टन अर्थात् चार करोड बराबरको तरकारीमा क्षति पुगेको निर्देशालयका सूचना अधिकारी पूर्णमाया गुरुङले जानकारी दिए ।

सूचना अधिकारी गुरुङका अनुसार झापामा चार हजार ३६४ हेक्टर, मोरङमा तीन हजार ४२१ हेक्टर, सुनसरीमा दुई हजार ८५१ हेक्टर, उदयपुरमा ३२३ हेक्टर, इलाममा २६८ हेक्टर, पाँचथरमा १४४ हेक्टर, ताप्लेजुङमा १२० हेक्टर, धनकुटामा ११८ हेक्टर, तेह्रथुममा १५७ हेक्टर, भोजपुरमा २५० हेक्टर, खोटाङमा २०० हेक्टर, ओखलढुङ्गामा ७६ हेक्टर, सोलुखुम्बुमा १५ हेक्टर र सङ्खुवासभामा १२५ हेक्टर जग्गामा लगाइएको धानबालीमा वर्षाले क्षति पुगेको छ ।

कोशी प्रदेशमा कूल दुई लाख ६८ हजार ७६५ हेक्टर जग्गामा धानबाली लगाइएको थियो जसमा १२ हजार ४३२ हेक्टर धानबाली र २०० हेक्टर तरकारी बालीमा बेमौसमी वर्षाले क्षति पुर्याएको जनाइएको छ ।

जिल्लागत रुपमा मोरङमा ७८ करोड ११ लाख ५६ हजार, सुनसरीमा ४५ करोड ३१ लाख ७२ हजार, उदयपुरमा चार करोड, उदयपुरमा चार करोड ६२ लाख ५३ हजार, इलाममा तीन करोड २१ लाख ४१ हजार, पाँचथरमा एक करोड २२ लाख १७ हजार, ताप्लेजुङमा एक करोड २२ लाख ४३ हजार, धनकुटामा एक करोड ३९ लाख ४० हजार, तेह्रथुममा एक करोड ३३ लाख २० हजार, भोजपुरमा दुई करोड ६४ लाख ९२ हजार, खोटाङमा एक करोड ६१ लाख १० हजार, ओखलुढुङ्गामा ६८ लाख दुई हजार, सोलुखुम्बुमा १४ लाख ६६ हजार र सङ्खुवासभामा एक करोड ११ लाख ८७ हजार मूल्य बराबरको धानबालीमा नोक्सानी भएको हो ।

प्रकाशित मिति: आइतबार, २४ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.