विराटनगर । जंगली जनवार हुँडार (हाइना) देखिएपछि मोरङको रंगेली क्षेत्रमा त्रास फैलिएकाे छ । पछिल्लाे एक सातायता हुँडार देखिएको भन्दै त्रास फैलिएकाे हाे । सडकमा हुँडारको बथान देखिएको भन्दै सामाजिक सञ्जालमा तस्बीर भाइरल भइरहेको छ ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाका अनुसार एकसाता यता हाइना देखिएको हल्ला छ । वन कार्यालयमा सूचना आएपछि उद्दारका लागि टोली परिचालन गर्दा हाइना नभेटिएको उनले बताए ।
उनका अनुसार हाइना देख्ने व्यक्तीसँग उद्दारका लागि पुगेको टोलीले साेधपुछ गरेर फर्किएको थियो । वन कार्यालयमा चितुवा भेटिएको हल्ला आएको थियो । चितुवाको हल्ला चलेपछि डिभिजन वन कार्यालयले कोशी टप्पु वन्यजन्तु आरक्षबाट उद्दार टोली बोलाएको थियो ।
‘तीन दिनअघि देख्ने मान्छेको कुरा सुन्दा हुँडार भन्ने बुझियो, तर हाम्रो टोलीले भेटेन,’ उनले भने,’हामीले प्रत्यक्ष चाहिँ देखेका छैनौं, तर, स्थानीयको देखको बताएपछि सतर्कता अपनाएका छौं ।’
रगेली नगरपालिका– ५ का वडाध्यक्ष महान्द मण्डलका अनुसार शनिबार राति हाइनाकाे हुल देखिएकाे थियाे ।
शनिबार राति रंगेली नगरपालिका– ५ मा हाइना देखिएको हल्ला चलेपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली पनि खटिएको थियो । तर, हाइना नदेखिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
इप्रका रंगेलीका इञ्चार्ज नरेन्द्रकुमार बोगटीका अनुसार सामाजिक सञ्जालमा भाइरल भइरहेको हाइनाको बथानकाे फोटो रगेलीकाे होइन । ‘यो फोटो भारतकाे सीमावर्ती सडकमा खिचिएको रहेछ,’ उनले भने,‘ हाइना देखिएको हल्ला छ, एक जना घाइते भए भन्ने पनि हल्ला छ, तर हामीले भेटेका छैनौं ।’
भारतीय तर्फबाट नेपालमा हाइनाको समूह प्रवेश गरेको आशंका छ । नेपालको पश्चिम क्षेत्रमा हाइना देखिएको रेकर्ड भएपनि पूर्वी क्षेत्रमा हाइना देखिएको रेकर्ड छैन । नेपालमा हाइना लोपोन्मुख जनावरको सूची छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)