मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन् ।

शनिबार (कात्तिक २२) मधेस प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखेपछि उनले राजीनामाको घोषणा गरेका हुन् ।

प्रदेशसभामा छलफलका क्रममा नेकपा (माओवादी केन्द्र)का सांसद रहबर अन्सारी र माला कर्णले सोनललाई विश्वासको मत दिन नसक्ने बताएका थिए ।

त्यसपछि सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्न खोज्दा मुख्यमन्त्री सोनलसँगै मन्त्रीहरू बैठक कक्षबाट बाहिरिएका थिए ।

सरकारको प्रतिनिधि नभएको भन्दै प्रदेशसभा सदस्यले नियमापत्ति गरेपछि बैठक केही समयका निम्ति स्थगन गरिएको थियो ।

शनिबार नै बसेको मधेस प्रदेशसभाको दोस्रो बैठकमा उपस्थित भएका मुख्यमन्त्री सोनलले सभामुखले हतारमा विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेको भन्दै आपत्ति जनाए ।

आफू दलहरूसँग आन्तरिक छलफलमा रहेका बेला एकतर्फी ढंगले सभामुख अघि बढेको भन्दै उनले पदबाट राजीनामा दिने घोषणा गरे ।

आफूलाई समर्थन गरेकै दलका केही प्रदेशसभा सदस्यले विश्वासको मत नदिने भएपछि उनले राजीनामाको घोषणा गरेका हुन् ।

प्रकाशित मिति: शनिबार, २३ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.