विराटनगर । विराटनगरको रानी नाका तीन दिनका लागि बन्द हुने भएको छ । भारतको बिहार विधानसभा – २०२५ को दोस्रो चरणको निर्वाचनका लागि शनिबार बेलुकाबाट ७२ घण्टाका लागि नाका बन्द हुने भएको हो ।
कात्तिक २२ शनिबार साँझ ६ बजेदेखि सीमा नाका पूर्ण रूपमा सिल हुनेछ । मंगलबारको मतदान पछि मात्रै नाका खुल्नेछ । भारतीय पक्षको आग्रहमा निर्वाचन अवधिभर नाका बन्द रहेन मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए । तीन दिनको अवधिमा आपतकालीन अवस्थामा बाहेक सीमा क्षेत्रमा आवतजावत गर्न रोक लगाइएको छ ।
‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न भारतीय समकक्षीसँगको छलफलमा मतदानको दिनको ७२ घण्टा पूर्व नेपाल– भारत सीमा सील गर्ने भनी सहमति भएकोले सोही बमोजिम बिहार विधानसभा आमनिर्वाचनलाई मध्यनजर राखी मतदानको दिन मिति २०८२-०७-२५ को ७२ घण्टा पूर्व अर्थात् मिति २०८२-०७-२२ गते नेपाली समयानुसार बेलुकी ६ः१५ बजेदेखी मतदान समाप्त नभएसम्मका लागि सीमा नाका बन्द गरिएको छ ।’ मोरङ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)