विराटनगर । मोरङको जहदा गाउँपालिका-३ बाट गाँजा ओसार पोसारमा प्रयाेग गरिएकाे एम्बुलेससहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
बुधबार राति लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-३ बाट स. १ च ६५६ नम्बरको एम्बुलेन्समा गाँजा बरामद भएकाे हाे ।
चेकजाँचका क्रममा एम्बुलेन्स भित्र कालो रंगको झोलामा ३३ किलो ६१० ग्राम गाँजा बरामद गरेको माेरङ प्रहरीले जनाएकाे छ ।
गाँजा ओसार पोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर-५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र एम्बुलेन्स संगै रहेका को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका- ३ का ३२ वर्षीय दिलिपकुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ । दिलिप गाडी स्कटिङ गर्दै अघि बढेकाे अवस्थामा पक्राउ परेका हुन् । दुवैमाथि अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)