दल दर्ताका लागि निर्वाचन आयाेग पुग्याे नेपाली कम्युनिस्ट पार्टी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । १० वामपन्थी दल र समूहहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । बुधबार पार्टी एकता घोषणा भएकाे थियाे । नयाँ पार्टी दर्ताका लागि बिहीबार आयोगमा दर्ताका लागि निवेदन पेश गरेको हो ।

साविक नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका १० वटा वाम दल र समूहहरूको एकताबाट यो नयाँ पार्टी गठन गरिएको हो । नवगठित पार्टीले आफ्नो चुनाव चिह्न पाँचकुने तारा रहने निर्णय गरेको छ ।

पार्टीले दलहरूबीचको एकताको प्रतिबद्धतापत्र र घोषणापत्र समेत संलग्न गर्दै दर्ता निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुन चाहने दलहरूले यही कार्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति: बिहिबार, २१ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.