कात्तिककाे झरीले १२ हजार हेक्टरकाे धानबालीमा क्षति

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अविरल वर्षा र हावाहुरीका कारण कोशी प्रदेशमा कृषि बालीमा क्षति भएकाे छ । प्रदेश कृषि निर्देशनालय विराटनगरका अनुसार प्रदेशका १४ जिल्लामा करिब १२ हजार ६ सय ३२ हेक्टर क्षेत्रफलमा लगाइएकाे धानबालीमा क्षति पुगेकाे हाे । धान काट्ने बेला पानी परेका कारण करिब ५८ हजार टन धानमा क्षति पुगेकाे छ ।

वर्षा र हावाहुरीका कारण करिब १२ हजार ६ सय ३२ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको कोशी प्रदेश कृषि निर्देशनालयकी प्रवक्ता पूर्णिमाया गुरुङले जानकारी दिइन् ।  सबैभन्दा बढी क्षति झापामा २१ हजार ८ सय २० टन, मोरङमा १६ हजार ४२०.८ टन र सुनसरीमा १२ हजार ६५८.४४ टन धानमा क्षति पुगेको छ।

उदयपुरमा १ हजार २९२ टन, खोटाङमा ४५०, भोजपुरमा ७४०, इलाममा ८९७.८, धनकुटामा ३८९.४, पाँचथरमा ३४१.४१, ओखलढुंगामा १९०, संखुवासभामा ३१२.५, सोलुखुम्बुमा ४०.९५ र तेह्रथुममा ३७२.०९ टन धानबालीमा क्षति पुगेको  छ । वर्षा, बाढी र हावाहुरीले प्रदेशभर करिब २ अर्ब ५ करोड ४३ लाख ६७ हजार रुपैयाँबराबरको क्षति पुर्याएको छ ।

प्रकाशित मिति: बिहिबार, २१ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.