झाडीमा भेटियाे प्रहरीबाट लुटिएकाे हतियार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापामा जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते लुटिएको हतियार र गोली फेला परेको छ ।

बिर्तामोड नगरपालिका– ६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक रहेको सिमल तरुलको झाडीमा बेवारिसे अवस्थामा बुधबार एक थान हतियार फेला परेकाे हाे ।

झाडीमा इन्सास हतियार, त्यसमा लाग्ने एक थान म्याग्जिन, १९ राउन्ड साबुत र २ राउन्ड बेसाबुत गोली फेला परेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए ।

फेला परेको हतियार भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाटै लुटिइएको थियो । जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये बिर्तामोड र दमक गरी २२ थान भेटिन अझै बाँकी रहेको उनको भनाई छ ।

प्रकाशित मिति: बिहिबार, २१ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.