नोबेल मेडिकल कलेजका नर्स आन्दोलनमा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा कार्यरत नर्सले न्यूनतम पारिश्रमिक र सेवा–सुविधाको माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

बुधबार अस्पतालको क्यान्टिन अगाडिको प्राङ्गणमा करिब ५५ जना नर्सले प्रदर्शन गरेका हुन् ।

नर्सहरूको समूहले अस्पतालको न्युरो वार्ड लगायत अन्य वार्डहरू हुँदै मूल गेट अगाडिसम्म पुगी प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका थिए । उनीहरूले ‘हामी न्याय चाहन्छौं’, ‘महङ्गो अस्पताल सस्तो नर्स’, ‘नर्स पनि मानव हो, दानव जस्तो व्यवहार नगर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

नर्सहरूले यसअघि पनि आफ्ना मागहरूका सम्बन्धमा आन्दोलन गरे पनि अस्पताल प्रशासनले सुनुवाइ नगरेको भन्दै अहिले ‘पेन डाउन’ कार्यक्रम गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, २० कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.