काठमाडौं । देशका केही स्थानमा आज बुधबार बदली र वर्षा हुने भएको छ । नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण बदली र वर्षाको सम्भावना रहेको हो ।
“गण्डकी र कर्णाली प्रदेशमा गएराति फाटफुट वर्षा भएको छ,”मौसमविद् वरुण पौडेलले भने, “दिउँसो पनि यस्तै मौसम हुनेछ ।”
काठमाडौंमा पनि राति फाटफुट भएको उनले जानकारी दिए ।
पश्चिम नेपालका केही स्थानमा भने दिउँसो पनि गएरातिको जस्तै मौसम हुनेछ । केही स्थानमा हल्का वर्षाकाे सम्भावना छ ।
देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ । काेशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागकाे केही स्थानमा तथा बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)