गुद्रीका व्यापारीका लागि बनाइएको बजारमा प्रदेशसभा सञ्चालन गर्ने तयारी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरको गुद्री तरकारी बजार सार्नका लागि निर्माण गरिएकाे ‘कटहरी फलफूल तथा कृषि थोक बजार’ मा कोशी प्रदेशसभा र सचिवालय सञ्चालन गरिने भएकाे छ ।

‘जेनजी आन्दोलन’का क्रममा भएको आगजनीले प्रदेशसभा भवन र सचिवालय ध्वस्त भएपछि अलपत्र रहेकाे बजारमा सार्ने तयारी भएकाे हाे ।

कटहरी गाउँपालिका १ जम्टाेकीमा १३ करोड ७६ लाख ५४ हजार ७१० रुपैयाँमा निर्मित उक्त संरचना निःशुल्क रूपमा प्रदेशसभा सञ्चालनका लागि दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष देवराज चाैधरीले जानकारी दिए ।

यसअघि यो बजार सञ्चालन हुन सकेको थिएन, किनभने तत्कालीन कांग्रेस नेता तथा विराटनगरका हालका मेयर नागेश कोइरालाले विराटनगरका गुद्री व्यापारीहरूलाई बसपार्क पछाडि आफ्नै जग्गामा भाडामा राखेपछि गुद्रीका व्यापारी तरकारी बजारमा गएनन् ।

कोशी प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार कृषि बजारको प्रशासनिक भवनमा सचिवालय र छुट्टै भवनमा प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले यस विषयमा निर्णय गर्नेछ र आवश्यक बजेट पनि छुट्याउनेछ । कटहरी गाउँपालिका अध्यक्ष चौधरीका अनुसार प्रदेशसभाको भवन टुङ्गो लागेपछि बजारलाई व्यवस्थित गरिनेछ ।

प्रकाशित मिति: मङ्गलबार, १९ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.