विराटनगर । पूर्वप्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले नयाँ दल दर्ता गर्ने भएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर – ५ बाट अत्याधिक मतसहित स्वतन्त्र रुपमा निर्वाचित भएका मण्डलले नयाँ दल दर्ता गर्ने तयारी गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनले आफ्ना मतदातासँग छलफल गरेका थिए । मतदाताको सुझाव अनुसार नयाँ दल दर्ता गर्ने भएका हुन् ।
नयाँ दल दर्ता गरी फागुन २१ गतेको निर्वाचनमा जाने उनको तयारी छ ।
विकास अभियान्ताको रुपमा परिचित मण्डलले दर्ता गर्ने तयारी गरेको दलको नाम राष्ट्रिय उर्जाशील पार्टी प्रस्ताव गरिएको छ ।
चुनाव चिन्ह कल राख्ने प्रस्ताव गरिएको छ । २०७९ को निर्वाचनमा उनी कल छाप चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए । मण्डलले राेजगारी र विकासलाई प्रमुख एजेण्डा बनाएर दल दर्ता गर्ने तयारी गरेको जानकारी दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)