जेनजी आन्दाेलनमा काेशी प्रदेशमा ७७ करोडको क्षति

Satya Sanchar सत्य सञ्चार

विराटनगर । गत भदौ २४ गतेकाे जेनजी आन्दाेलन अराजक हुँदा कोशी प्रदेश सरकारको भौतिक संरचना र सवारी साधनमा ७७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रदेश सरकारले गठन गरेको क्षति अनुगमन तथा मूल्याङ्कन समितिले बुझाएको प्रतिवेदन अनुसार ७६ करोड ९५ लाख ४२ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सो मध्ये ४१ करोड ५२ लाख ९४ हजार १४९ रुपैयाँ बराबरको सवारी साधन जलेको छ । प्रदेश सरकारका विभिन्न निकायका २६५ वटा सवारी साधन जलेको थियो ।

५० वटा कार्यालय भवनमा आगजनी र तोडफोड हुँदा १८ करोड ४६ लाख २७ हजारको क्षति भएको छ । प्रदेश सरकार मातहतको कार्यालय र मन्त्रालयको ४ करोड ३१ लाख ४ हजार रुपैयाँ बराबरको फर्निचर जलेको छ ।

१० करोड ५१ लाख ८५ हजार रुपैयाँ बराबरको कम्युटर प्रिन्टर एसीलगायत उपकरण जलेको छ । १ करोड ७१ लाख ५३ हजार बराबरको सूचना प्रणालीसम्बन्धी उपकरण नष्ट भएको छ । मन्त्रालय र कार्यालयमा आगजनीबाट जोगिएका सामग्रीहरू लुटपाट भएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १५ करोड ६२ लाख ३० हजार ७५५ रुपैयाँको क्षति भएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा १३ करोड ५ लाख ८९ हजार, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा १२ करोड ८२ लाख ९३ हजार बराबरको क्षति भएको थियो ।

आगजनी र लुटपाटबाट शून्य अवस्थामा पुगेको कोशी प्रदेशसभा सचिवालयमा १२ करोड ६७ लाख ४५ हजारको क्षति भएको छ । प्रदेशसभा भवन जलेर नष्ट भएको छ । सचिवालय पनि प्रयोग गर्न नमिल्ने भएका कारण सचिवालय सञ्चालनका लागि भाडाको संरचना खोजी भइरहेको छ ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ८ करोड १५ हजार, स्वास्थ्य मन्त्रालयमा ६ करोड ५५ लाख ७५ हजार, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ३ करोड ५८ लाख ४० हजार, खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयमा २ करोड २३ लाख ९५ हजार बराबरको क्षति भएको छ ।

प्रकाशित मिति: आइतबार, १७ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.