संघको परिपत्र विपरित कोशीले स्वीकृत गर्याे अस्थायी दरबन्दी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । संघीय सरकारको परिपत्र विपरित कोशी प्रदेश सरकारले ३९ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले गत असोज ५ गते परिपत्र गर्दै सार्वजनिक सेवालाई चुस्त छरितो र मितव्यायी बनाउन अनावश्यक संरचना र दरबन्दी घटाउन परिपत्र गरेको थियो । तर,आइतबार बिहान बसेको कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतका चार कार्यालयहरुमा ३९ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो ।

मन्त्रालयले गरेको प्रस्तावमा दरबन्दी स्वीकृत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर इन्द्रप्रसाद सापकोटाका अनुसार पर्यटन विकास आयोजना विराटनगर, पर्यटन कार्यालय धरान र काकडभिट्टा, जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन इकाई विराटनगरको दरबन्दी स्वीकृत भएको हो ।

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख विजय राईका अनुसार पर्यटन कार्यालय धरान र काकडभिट्टामा ७–७ जना, पर्यटन विकास आयोजनामा १५ जना र इकाइमा १० जना कर्मचारीको दरबन्दी स्वीकृत भएको हो । स्वीकृत भएको दरबन्दी कार्यालय सहयोगीदेखि ९ औं तहसम्मको छ । कार्यालयमा कार्यालय प्रमुख र लेखा स्थायी दरबन्दीबाट जानन्छन् । केही प्राविधि पनि स्थायी दरबन्दीबाट लगिएको छ । बाँकी जनशक्ती अस्थायी दरबन्दीबाट पदपुर्ती हुँदै आएको छ ।

कोशी प्रदेश सरकारकी प्रमुख सचिव चन्द्रकला पौडेलका अनसार प्रदेशको स्वीकृत दरबन्दी अनुसार कार्यरत रहेका कर्मचारीको नियुक्तीका लागि दरबन्दी स्वीकृत गरिएको हो । संघले परिपत्र गरेपनि अतिआवश्यक कार्यालय भएका कारण दरबन्दी स्वीकृत गरेको उनको भनाई छ । ‘कार्यालयहरु छन्, अघिल्लो वर्षकै दरबन्दी हो,’ उनले भनिन्,‘ केही नयाँ थप गरिएको होइन्, गत वर्ष भएकैको कन्टीनियुटी (निरन्तरता) हो ।’

उनका अनुसार प्रदेशमा दरबन्दी अनुसार काम गर्ने पर्याप्त जनशक्ती छैनन् ।

प्रकाशित मिति: आइतबार, १७ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.