सरोज शर्मा : ज‌गलमा जलेकाे अवस्थामा भेटियाे कार, पुलमुनि गाडिएको अवस्थामा शव

Satya Sanchar सत्य सञ्चार

विराटनगर । साथीलाई भेट्न भन्दै घरबाट हिडेका एक पुरुषकाे शव गाडिएकाे अवस्थामा फेला परेकाे छ ।  गत कात्तिक ९ गतेदेखि बेपत्ता झापा, शिवसताक्षी नगरपालिका–१० माईधारका सरोज शर्माको शव हुलाकी सडकअन्तर्गत विरिङ पुलमुनि गाडिएको अवस्थामा फेला परेको हाे । दुई दिनअघि बिहीबार मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र उनको प्रदेश ०१–०३ च ७१९४ नम्बरको कार जलेको अवस्थामा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार, शनिबार बिहान झापा गाउँपालिका ५ मा पर्ने विरिङ खोलाको पुलमुनिबाट शर्माको शव उत्खनन गरिएको हो ।

कार भेटिएको स्थानदेखि शव फेला परेको स्थान करिब २०–२२ किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ।

दुई जना पक्राउ, अनुसन्धान जारी

प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। डिएसपी खड्काले अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भन्दै अनुसन्धान तीव्र पारिएको बताए । पक्राउ परेकामध्ये एक जनाको हात डढेको अवस्थामा भेटिएको छ, जसले गाडी जलाउने क्रममा चोट लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

मृतक ३३ वर्षीय शर्मा काठमाडाैं बसेरआईटीको काम गर्दैआएका थिए। दसैँतिहार मनाउन घर आएका उनी छठपछि काठमाडौं फर्कने तयारीमा थिए । कात्तिक ९ गते साथीलाई भेट्न जाने भन्दै घरबाट निस्किएका शर्मा बेपत्ता भएपछि आफन्तले कात्तिक १० गते प्रहरीमा खबर गरेका थिए । खाेजी गर्ने क्रममा बिहीबार गाडी जलेकाे अवस्थामा फेला परेकाे थियाे ।

शनिबार बिरिङ पुलमुनि कपडा लगाएकै अवस्थामा गाडिएको र माथिबाट टिनले छोपिएको अवस्थामा शव फेला परेको हाे  । प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा हत्या ३–४ दिनअघि नै भएको देखिन्छ । पक्राउ परेकाहरु लागूऔषध प्रयोगकर्ता भएको प्रहरीको दाबी छ ।

शर्माको शव फेला परेपछि आक्रोशित स्थानीयले शिवसताक्षी १० माइधार चोकमा राहुल साहको घर तोडफोड गरेका छन् । राहुल हत्या आराेपमा पक्राउ परेका व्यक्ति हुन् । सुनिल साह पनि अनुसन्धानका लागि पक्राउ परेका छन् ।

शव बोक्न प्रयोग भएको आशंकामा एउटा टेम्पो पनि तोडफोड गरेका छन् ।

प्रकाशित मिति: शनिबार, १६ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.