विश्वकप लिग २ मा युएईसँग नेपाल पराजित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ काे खेलमा  नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ ।

आज भएको खेलमा नेपाल यूएईसँग पाँच विकेटले हारेको हो ।

नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

यूएईको जितमा ओपनर आर्यांश शर्माले सर्वाधिक ९८ रनको महत्त्वपूर्ण पारी खेले । कुल ९८ बलको सामना गरेका शर्मा शतक बनाउनबाट दुई रनबाट चुके । उनलाई नेपालका स्पिनर सन्दीप लामिछानेले आउट गरेका थिए ।

अर्का ओपनर अलिशान शराफुले २६ बलमा आक्रामक ४५ रन जोडे । उनलाई करण केसीले आउट गरेका थिए ।

मध्यक्रममा राहुल चोपडा १५ रन बनाएर आउट भए । मुहम्मद वसिमले ४६ बलमा २६ रनको योगदान दिए ।

नेपालको बलिङतर्फ सन्दीप लामिछानेले १० ओभरको स्पेलमा ३४ रन खर्चेर दुई महत्त्वपूर्ण विकेट लिएका थिए । लामिछाने बाहेक करण केसी र दीपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट हात पारे । टस जितेर पहिलो व्याटिङ गरेकाे नेपालले कप्तान राेहित पाैडेलकाे १०९ रनकाे मद्दतमा २३३ रन बनाएको थियोे ।

प्रकाशित मिति: बिहिबार, १४ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.