अदालतकाे नक्कली विज्ञापन देखाएर ठगी, २७ जना पुगे प्रहरी कार्यालय

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जिल्ला अदालत मोरङमा कर्मचारी मागिएको भन्दै नक्कली विज्ञापन देखाएर ठगी गरेको एक घटना सार्वजनिक भएको छ । सरकारी जागिर लगाइदिने प्रलोभनमा एउटा गिरोहले अदालतको नक्कली विज्ञापन प्रयोग गरी २७ जनाभन्दा बढी व्यक्तिहरूलाई ठगी गरेको खुलेको हो ।

पीडितहरूले जिल्ला प्रहरी कार्यालय मोरङमा सामूहिक उजुरी दिएपछि यो प्रकरण बाहिर आएको छ ।

मोरङ प्रहरीका अनुसार, पूनमदेवी साहको नाममा यो ठगी भएको पाइएको छ । प्रारम्भिक अनुसन्धानमा यो गिरोहले सप्तरी जिल्लामा पनि ठगी गरेको देखिन्छ ।

ठगहरूले मोबाइलमा जिल्ला अदालतमा करारका कर्मचारीको विज्ञापन खुलेको भन्दै नक्कली विज्ञापन देखाउने गर्दथे । उनीहरूले प्रत्येक पीडितबाट २ हजार ५ सयदेखि २० हजारसम्म संकलन गरेका थिए भने, कतिपय व्यक्तिहरूसँग जागिर लगाइदिने भन्दै ३ लाखसम्म असुल गरेको पीडितहरूको दाबी छ । ठगी गर्ने गिरोहले पीडितहरूलाई यो घटनाबारे बाहिर बोलेमा ज्यान मार्ने धम्की पनि दिइरहेको पाइएको छ ।

गिरोहले २०८२ साउन १२ गतेको मितिमा नायव सुब्बा १५ जना, कार्यालय सहयोगी २२ जना र सवारी चालक ५ जनाको विज्ञापन खुलेको भन्दै ठगी गरेको थियो । उनीहरूले आफूहरूले नै जागिर लगाएको देखाउन कर्मचारीका नक्कली परिचय पत्रसमेत बनाउने गरेको तथ्य फेला परेको छ ।

नक्कली परिचय पत्रमा प्रशासन अधिकृतको रूपमा केदारनाथ पौडेलको नाम र हस्ताक्षर उल्लेख गरिएको थियो।

ठगीमा परेका पीडितहरू सुरुमा न्यायको खोजीमा जिल्ला अदालत मोरङ पुगेका थिए। जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले अदालतको दरबन्दी लोकसेवा आयोगमार्फत मात्र पदपूर्ति हुने जानकारी दिँदै पीडितहरूलाई उजुरीका लागि जिल्ला प्रहरी कार्यालय जान सल्लाह दिएको बताए । जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालले ठगिएकाहरूको जाहेरी आएपछि घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिएकी छन् ।

प्रकाशित मिति: बुधबार, १३ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.