हिन्दु राष्ट्र माग्दै कांग्रेस नेताले गरे २८ औं पटक दण्ड प्रणाम यात्रा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले छठ पूजाका लागि सडकमा दण्ड प्रणाम यात्रा गरेका छन् । उनले दण्ड प्रणाम यात्रा गरेको यो २८ औं पटक हो ।

पछिल्लो २० वर्षयता उनले हिन्दु राष्ट्रको कामना गर्दै उनले छठको पूजाका लागि दण्ड प्रणाम यात्रा गरेका हुन् ।

नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा, लोक कल्याण, विश्व शान्ति र धर्म रक्षाका लागि छठको व्रत बसेर दण्ड प्रणाम यात्रा गरेको पराजुलीले बताए । पराजुली विराटनगर महानगरपालिकाको पूर्वमेयर पनि हुन् ।

३२ वर्षयता छठको व्रत बस्दै आएका छन् । उनले २८ औं पटक दण्ड प्रणाम यात्रा गरेको बताए ।

विराटनगर महानगरपालिका – ३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै उनले सुरु गरेको दण्ड प्रणाम यात्रा सिंघिया खोलामा राखिएको पूजा स्थलसम्ममा पुगेर समापन हुनेछ ।

प्रकाशित मिति: सोमबार, ११ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.