जेनजी रेडफोर्सको घोषणा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट जेनजी उमेर समूहका युवाहरूले औपचारिक रूपमा जेनजी रेडफोर्स गठन भएको घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अहिलेसम्म ६५ वटा जिल्लामा र सातै प्रदेशमा संयोजक तोकेर जेनजी रेडफोर्सको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमिल्सिनाले आफूहरूको एजेन्डा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचार विरोधी अभियान, २०४७ सालदेखि अहिलेसम्म सत्तामा पुगेका सबैको सम्पत्ति छानविनलगायत रहेको जानकारी दिइन् ।

भ्रष्टाचार विरोधी अभियानका लागि सबैभन्दा पहिले माओवादी केन्द्रमा रहेका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनले बताइन् ।

तिमल्सिनाले भ्रष्टाचार गरेको पुष्टि भए माओवादी अध्यक्षलाई पनि जेल हाल्न सक्नुपर्ने भन्दै रेडफोर्सले कुनै पनि भ्रष्टाचार नसहने जिकिर गरिन् ।

उनले उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने लगायत एजेन्डा आफूहरूको रहेको बताइन् । जेनजी रेडफोर्स माओवादीको मात्रै नभएको बताउँदै नेपालभरिका वामपन्थी, कम्युनिस्ट विचारधारा मन पराउने सबैलाई जोडिन आग्रह गरिन् ।

प्रकाशित मिति: आइतबार, १० कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.