जेनजी रेडफोर्सको घोषणा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट जेनजी उमेर समूहका युवाहरूले औपचारिक रूपमा जेनजी रेडफोर्स गठन भएको घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अहिलेसम्म ६५ वटा जिल्लामा र सातै प्रदेशमा संयोजक तोकेर जेनजी रेडफोर्सको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमिल्सिनाले आफूहरूको एजेन्डा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचार विरोधी अभियान, २०४७ सालदेखि अहिलेसम्म सत्तामा पुगेका सबैको सम्पत्ति छानविनलगायत रहेको जानकारी दिइन् ।

भ्रष्टाचार विरोधी अभियानका लागि सबैभन्दा पहिले माओवादी केन्द्रमा रहेका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनले बताइन् ।

तिमल्सिनाले भ्रष्टाचार गरेको पुष्टि भए माओवादी अध्यक्षलाई पनि जेल हाल्न सक्नुपर्ने भन्दै रेडफोर्सले कुनै पनि भ्रष्टाचार नसहने जिकिर गरिन् ।

उनले उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने लगायत एजेन्डा आफूहरूको रहेको बताइन् । जेनजी रेडफोर्स माओवादीको मात्रै नभएको बताउँदै नेपालभरिका वामपन्थी, कम्युनिस्ट विचारधारा मन पराउने सबैलाई जोडिन आग्रह गरिन् ।

प्रकाशित मिति: आइतबार, १० कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.