विराटनगर । न्यनतम पारिश्रमिक वृद्धिको माग गर्दै विराट शिक्षण अस्पतालपछि नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मीले आन्दोलन सुरु गरेका छन् ।
शनिबार बुढीगंगा गाउँपाालिका २ मा रहेकाे विराट मेडिकल कलेजका नर्सिङ स्टाफ काम छाडेर आन्दोलनमा उत्रिएका थिए । आइतबार नोबेल मेडिकल कलेज विराटनगरमा पनि नर्सले आन्दोलन सुरु गरेका हुन् ।
शनिबार आन्दोलनका कारण विराटको उपचार सेवा अस्तव्यस्त भएको थियो । विराट मेडिकल कलेजमा आइतबार पनि नर्सको आन्दोलन जारी छ । जिल्ला प्रशासन कार्यालय माेरङमा दुई पक्षिय छलफल जारी छ ।
नोबेलका नर्सले आइतबार बिहानबाट आन्दोलन सुरु गरेका हुन् ।
दुई वटै मेडिकल कलेजका आन्दोलनमा उत्रिएका नर्सहरुले न्यूनतम पारिश्रमिक वृद्धिको माग गरेका छन् । उनीहरुले अस्पताल महंगो तर नर्स सस्तो भएको गुनासो गरेका छन् ।
आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले यो तलब वृद्धिको लडाइँ मात्र नभएर स्वास्थ्यकर्मीको सम्मान, पेशागत सुरक्षाको माग पनि भएको बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका निजी स्वास्थ्य संस्थाहरूलाई सरकारी पाँचौं तहका कर्मचारीसरह नर्स तथा प्यारामेडिक्सहरूलाई पारिश्रमिक र सुविधा दिन स्पष्ट निर्देशन जारी गरेको थियो । तर, मन्त्रालयको यो निर्देशनलाई निजी अस्पतालले मानेका छैनन । न्यूनतम पारिश्रमिक माग्दा जागिरबाट निकालिदिने धम्की आएको आन्दोलनमा उत्रिएका नर्सहरुहरुको गुनासो छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)