केन्द्रीय कमिटी बैठकमा ओली : ‘बिग्रिएको भए पो सप्रिनू’

Satya Sanchar सत्य सञ्चार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै नबिग्रिएको दाबी गरेका छन् ।

बुधबारबाट सुरु भएको नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले कहिल्यै नबिग्रिएको बताएका हुन् ।

‘ओली अझै सप्रिएन भन्छन्, केपी ओली बिग्रिएको भए पो सप्रिनू,’ उनले भने,‘ सप्रिनलाई के देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नुपर्ने होरु हो भने केपी ओलीले छोड्दैन ।’

ओलीले कसैले भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने घोषणा गरे । उनले आफू बस्ने कि हट्ने केन्द्रीय कमिटी वा महाधिवेशनले निर्णय गर्ने बताए ।

‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ,’ उनले भने ,’यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु ।’

आफू कुनै पनि परिस्थितिमा विचलित नहुने स्वाभावको भएको बताउँदै ओ‌लीले पार्टीका कतिपय नेताहरू लोकप्रियताको पछि लागेको टिप्पणी गरे । एमालेलाई मन नपराउने विरोधीहरूले च्यासलको पार्टी कार्यालय र नेताहरूको घर जलाएको उनको आरोप छ ।

प्रकाशित मिति: बुधबार, २९ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.