केन्द्रीय कमिटी बैठकमा ओली : ‘बिग्रिएको भए पो सप्रिनू’

Satya Sanchar सत्य सञ्चार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै नबिग्रिएको दाबी गरेका छन् ।

बुधबारबाट सुरु भएको नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले कहिल्यै नबिग्रिएको बताएका हुन् ।

‘ओली अझै सप्रिएन भन्छन्, केपी ओली बिग्रिएको भए पो सप्रिनू,’ उनले भने,‘ सप्रिनलाई के देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नुपर्ने होरु हो भने केपी ओलीले छोड्दैन ।’

ओलीले कसैले भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने घोषणा गरे । उनले आफू बस्ने कि हट्ने केन्द्रीय कमिटी वा महाधिवेशनले निर्णय गर्ने बताए ।

‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ,’ उनले भने ,’यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु ।’

आफू कुनै पनि परिस्थितिमा विचलित नहुने स्वाभावको भएको बताउँदै ओ‌लीले पार्टीका कतिपय नेताहरू लोकप्रियताको पछि लागेको टिप्पणी गरे । एमालेलाई मन नपराउने विरोधीहरूले च्यासलको पार्टी कार्यालय र नेताहरूको घर जलाएको उनको आरोप छ ।

प्रकाशित मिति: बुधबार, २९ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.