भारतकाे राजस्थानमा गुडिरहेकाे बसमा आगाे लाग्याे, २० जनाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाकाे मृत्यु भएकाे छ ।  जैसलमेरबाट जोधपुरतर्फ जाँदै गरेको  एसी बसमा अचानक आगलागी हुँदा २० जना यात्रुको मृत्यु भएको हाे ।

घटनास्थल पुगेका विधायक प्रताप पुरीले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार बसबाट १९ जनाको शव निकालिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा भएको जनहानीप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल (ट्विटर) मार्फत उनले भनेका छन्, “यस कठिन समयमा मेरो समवेदना प्रभावित व्यक्तिहरू र उनीहरूका परिवारसँग छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु।”

प्रधानमन्त्री मोदीले प्रधानमन्त्री राहत कोषबाट मृतकका प्रत्येक परिवारलाई २ लाख भारु र घाइतेहरूलाई ५० हजार भारु क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् । आगलागीकाे कारण खुलेकाे छैन ।

प्रकाशित मिति: बुधबार, २९ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.