मधेशमा बन्नेभयाे कांग्रेस एमाले बाहेककाे सरकार

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेस र एमाले बाहेककाे गठबन्धन बनेकाे छ । नयाँ सरकारका लागि ५ दलको गठबन्धन बनेको हाे ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उपाध्यक्ष तथा लोसपा मधेस संसदीय दलका नेता जितेन्द्र सोनलको नेतृत्वमा नयाँ सरकार बनाउने गरी ५ दलको गठबन्धन बनेको हो ।

सोनललाई जसपा नेपाल, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ ।

५ दलका ५६ जना सांसद छन् । बहुमतका लागि ५४ जनाकाे समर्थन चाहिन्छ ।

यसअघि काङ्ग्रेस एमाले र जनमतको सहकार्यमा सरकार बन्ने चर्चा थियो । नयाँ प्रक्रिया सुरु नहुँदै यी तीनटा पार्टीले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई बुझाइसकेका पनि थिए । तर, पाँच दलको छुट्टै गठबन्धन बनेको हो ।

प्रकाशित मिति: बुधबार, २९ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.