ओमानसँग खेल्दै नेपाल, जिते तेस्राे पटक विश्वकपमा पुग्ने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको तेस्रो खेलमा नेपालले  घरेलु टिम ओमानसँग खेल्दैछ ।

नेपालले  आजकाे खेल जिते तेस्रोपटक विश्वकपमा पुग्नेछ ।

सुपर–६ मा लगातार दोस्रो जित निकालेको नेपाल ६ अंकसहित विश्वकपनजिक छ । नेपालले आजको खेलमा जित निकाले आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान सुनिश्चित गर्नेछ ।

तालिकाको दोस्रो स्थानमा नेपाल छ । आजको खेलमा जित निकाले समग्रमा नेपाली टिमले तेस्रोपटक टी–२० विश्वकपको ढोका खोल्नेछ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।

नेपालविरुद्ध मैदान उत्रिँदा ओमानको लक्ष्य पनि यही हुनेछ । ६ अंकसहित नेपाललाई नेट रनरेटमा पछि पार्दै शीर्ष स्थानमा आसिन ओमानले पनि यो खेलमा जित निकाल्न सके विश्वकप यात्रा तय गर्नेछ ।

नेपालले यसअघि सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध एक रनको र कतारविरुद्ध पाँच रनको जित निकालेको थियो । ओमानपछि नेपालले सुपर–६ को अन्तिम खेलमा समाओविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नेपाली क्रिकेट टिमले हालसम्म दुईपटक मात्र ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको छ ।

नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।

त्यसबेला नेपाली टिम नेपाल क्रिकेट संघ (क्यान)का हालका सचिव पारस खड्काको कप्तानीमा प्रतिस्पर्धामा उत्रिएको थियो ।

नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित टी ट्वान्टी विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।

प्रकाशित मिति: बुधबार, २९ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.