काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको तेस्रो खेलमा नेपालले घरेलु टिम ओमानसँग खेल्दैछ ।
नेपालले आजकाे खेल जिते तेस्रोपटक विश्वकपमा पुग्नेछ ।
सुपर–६ मा लगातार दोस्रो जित निकालेको नेपाल ६ अंकसहित विश्वकपनजिक छ । नेपालले आजको खेलमा जित निकाले आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान सुनिश्चित गर्नेछ ।
तालिकाको दोस्रो स्थानमा नेपाल छ । आजको खेलमा जित निकाले समग्रमा नेपाली टिमले तेस्रोपटक टी–२० विश्वकपको ढोका खोल्नेछ ।
यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।
नेपालविरुद्ध मैदान उत्रिँदा ओमानको लक्ष्य पनि यही हुनेछ । ६ अंकसहित नेपाललाई नेट रनरेटमा पछि पार्दै शीर्ष स्थानमा आसिन ओमानले पनि यो खेलमा जित निकाल्न सके विश्वकप यात्रा तय गर्नेछ ।
नेपालले यसअघि सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध एक रनको र कतारविरुद्ध पाँच रनको जित निकालेको थियो । ओमानपछि नेपालले सुपर–६ को अन्तिम खेलमा समाओविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
नेपाली क्रिकेट टिमले हालसम्म दुईपटक मात्र ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको छ ।
नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।
त्यसबेला नेपाली टिम नेपाल क्रिकेट संघ (क्यान)का हालका सचिव पारस खड्काको कप्तानीमा प्रतिस्पर्धामा उत्रिएको थियो ।
नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित टी ट्वान्टी विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,442)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)