काठमाडौं । जेनजी आन्दोलनले नेपालमा सत्ता परिवर्तन गरेकाे एक महिनापछि हिन्द महासागरको पूर्वी तटमा रहेकाे अफ्रिकी टापु देश माडागास्करमा पनि जेनजी आन्दोलन उग्र बनेकाे छ ।
जेनजी युवाहरूको उग्र विरोध–प्रदर्शनपछि त्यहाँका राष्ट्रपति आन्द्रे राजोएलिना देश छाडेर भागेका छन् । पानी र बिजुली अभावमा आन्दोलन चर्किएपछि राष्ट्रपतिले देश छाडेका हुन् ।
राजोएलिनाले एक दिनअघि आइतबार सेनाको सहयोगमा देशमा ‘कू’ को प्रयास भइरहेको दाबी गरेका थिए ।
रेडियो फ्रान्स इन्टरनेसनलका अनुसार, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको अनुरोधमा आइतबार एक फ्रान्सेली सैन्य विमानले राष्ट्रपति आन्द्रे राजोएलिनालाई त्यहाँबाट सुरक्षित रूपमा निकालेका हाे ।
यसअघि माडागास्करस्थित फ्रान्सेली दूतावासले आफ्नो पूर्वउपनिवेशमा कुनै पनि सैन्य हस्तक्षेपबाट इन्कार गरेको थियो ।
ब्लुमबर्गको रिपोर्टमा फ्रान्सको राष्ट्रपति कार्यालय र विदेश मन्त्रालयले यसमा टिप्पणीका लागि गरिएको अनुरोधको तत्काल कुनै जवाफ नदिएको भनिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)