माेरङकाे कटहरीमा महिलाले काटिदिइन् पुरुषको लिङ्ग

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलमा एक जना पुरुषको लिङ्ग काटिएको छ । सोमबार बेलुका करिब ५ बजे महिला साथीलाई भेट्न गएका ३२ वर्षीय कामत थरका पुरुषको  लिङ्ग काटिएको हो ।

प्रहरीका अनुसार धारिलाे हतियार दाउले लिङ्ग काटिएका पुरुषको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको  छ ।  लिङ्गमा धारिलो हतियार प्रयोग गरेका कारण गम्भीर चोट छ । उनको आइसियूमा उपचार भइरहेको छ । महिलालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

घाइते पुरुषको उपचारका लागि नोबेल मेडिकल कलेज पुगेका आफन्तका अनुसार पनि पुरुषको लिङ्गमा गहिरो चोट छ ।

ती आफन्तका अनुसार घाइते पुरुषको घर जहदा गाउँपालिका– ३ मा पर्छ । सोही वडाकी महिला कटहरीको आदर्श टोलमा बस्दै आएकी थिइन् । साेमबार बेलुका घाइते पुरुष ति महिलाकाे डेरामा गएका थिए । आफन्तकाे दाबी अनुसार महिलाले अरुको पनि सहयोग लिएर लिंग काटेका थिए । तर, प्रहरीले पुष्टि गरेकाे छैन ।

प्रहरी स्रोतका अनुसार विवाहहेतर सम्बन्धका कारण घटना भएको देखिन्छ ।  उनीहरुबीच के विषयमा विवाद थियाे भन्ने खुलेकाे छैन । घटनापछि प्रहरीले महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ । प्रहरीका अनुसार घटनापछि आराेपी महिला बेहाेस भएकी थिइन् । उनलाई काेशी अस्पतालमा सामान्य उपचार पछि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएकाे हाे ।

मोरङ प्रहरी प्रमुख कवित कटवालका अनुसार प्रहरी टाेलीले घटनाको अनुसन्धान गरिरहेकाे छ ।

प्रकाशित मिति: सोमबार, २७ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.