विपिन जोशीको मृत्यु पुष्टि, शव इजरायललाई बुझाउने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । इसरायल–हमासको युद्धमा बन्धक बनाइएका नेपाली युवक विपिन जोशीको मृत्‍यु पुष्टि गरेको छ । हमासले उनको मृत्यु पुष्टि गरेको हो । हमासले आजै जोशीसहित चारजना बन्धकको शव इजरायललाई बुझाउने छ ।

बीबीसीका अनुसार हमासको सैन्य शाखाले नेपालका विपिनसहित चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ । उनीहरुको शव आजै बुझाउने बीबीसीले जनाएको छ ।

हमासले इ इलौज,योस्सी शराबी,विपिन जोशी, डानियल पेरेत्सको शव बुझाउनेछ । हमासले आजै जिवित २० जनाहरुलाई मुक्त गरेको थियो ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी सन् २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।

सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उनको अवस्था अज्ञात थियो । गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, २७ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.