हमासले छाड्याे बन्धक

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । हमासले इसराइलबाट नियन्त्रणमा लिएका १३ जना बन्धकलाई छाडेको छ । हमासले रेडक्रसको जिम्मा लगाएको इसराइली अनलाइन टाइम्स अफ इसराइलले जनाएको छ।

दोस्रो समूहमा छुटेका बन्धकहरूलाई रेडक्रसले इसराइल पुर्‍याइँदै छ । यसअघि पहिलो चरणा छाडिएका बन्धकहरूलाई भने परिवारले समेत भेट गरिसकेका छन् ।

परिवारसँग भेट गराइएपछि उनीहरूको स्वास्थ्य जाँचका लागि अस्पताल पुर्‍याइएको छ।

पहिलो चरणमा सात जना र दोस्रो चरणमा ६ जना बन्धकहरूलाई हमासले छाडेको हो ।

हमाससँग कुल २० बन्धक जीवित रहेको अनुमान छ । बाँकी २८ जना बन्धकहरूमध्ये केही अवस्था अज्ञात र केहीको मृत्यु भइसकेको बताइएको छ ।

मृत्यु भइसकेका बन्धकहरूको शव पनि हमासले इसराइललाई हस्तान्तरण गर्नेछ ।

यसबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि इसराइल पुगेका छन् । ट्रम्पलाई इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले स्वागत गरेका थिए ।

उनी इसराइलबाट इजिप्ट जानेछन् । त्यहाँ शान्ति सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

यी हुन् आज छुट्ने २० जीवित बन्धक- 

१. बार अब्राहम कुपरस्टाइन
२. एव्यातार डाभिड
३. योसेफ–खाइम ओहाना
४. सेगेभ काल्फोन
५. अविनातान ओर
६. एल्काना बोहबोट
७. म्याक्सिम हर्किन
८. निम्रोड कोहेन
९. मतान एङ्ग्रेस्ट
१०. मतान जाङ्गाउकर
११. एतान हर्न
१२. एतान अब्राहम मोर
१३. गाली बर्मन
१४. जिभ बर्मन
१५. ओम्री मिरान
१६. अलोन ओहेल
१७. गाय गिल्बोआ–डालाल
१८. रोम ब्रासलाभ्स्की
१९. एरियल कुनियो
२०. डाभिड कुनियो

प्रकाशित मिति: सोमबार, २७ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.