राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु, ४ जनाकाे उद्दार

Satya Sanchar सत्य सञ्चार

रौतहट । रौतहट गौर नगरपालिकामा घाँस काट्न गएका ३ बालिकाको मृत्यु भएको छ ।

सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका– ८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो ।

सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए । डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा ३ जना बालिकाको शव भेटिएको हो । तीनै जना बालिकाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

प्रकाशित मिति: सोमबार, २७ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.