काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक तथा आफूलाई जेनजी अगुवा बताउने सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको हो । उजुरी गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनको क्रममा भएको अप्रिय घटनासँग सम्बन्धित छ ।
नेविसंघले उजुरीमार्फत आन्दोलनमा विद्यार्थीहरुलाई उक्साएर आगजनी, तोडफोड र राष्ट्रिय सम्पत्तिमा क्षति पुर्याइएको उल्लेख गरेको छ । कारी तथा निजी सम्पत्तिमा लुटपाटसमेत भएको घटनामा बालेन र सुदनको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको उजुरीमा जनाइएको छ ।
नेविसंघले दुवै जनाविरुद्ध कानुनी कारबाही हुनुपर्ने माग राखेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध उजुरी दिएको छ ।
यसअघि सुदन गुरुङसहितले आन्दोलनमा दमन भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र अन्यविरुद्ध उजुरी दिएका थिए । तर कुनै पक्षको उजुरी दर्ता भएको छैन ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)