झापा । जेनजी आन्दोलनका क्रममा अराजक समूहले झापाको दमकबाट लुटेको एउटा राइफल आइतबार बिहान फेला परेको छ । इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको म्यागजिनसहितको ३०३ मार्क ३ राइफल भेटिएको हो ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दमक नगरपालिका–५ स्थित धनेश्वर मन्दिरनजिक बेवारिसे अवस्थामा बन्दुक भेटिएको हो ।
उक्त राइफल जेनजीको हिंसात्मक आन्दोलनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थियो ।
जेनजी आन्दोलनका क्रममा झापामा प्रहरी साना तथा ठूला गरेर २३ थान हतियार लुटिएको थियो । ती मध्ये एउटा फेला परेको हो । प्रहरी स्रोतका अनुसार २३ थान हतियार, १ सय ८० सेल अश्रुग्यास र ५ हजार ६ सय ९० राउण्ड गोली भेटिएका छैनन् ।
दमकबाट लुटिएकामध्ये ५५ राउण्ड गोली कमल गाउँपालिका–७ रंगपुरस्थित केराबारीबाट शनिबार बरामद गरिएको थियो ।
प्रहरीबाट लुटिएका हतियार अझै बाहिरै रहेकाले सुरक्षा चुनौती बढेको छ । प्रहरीले हतियार बुझाउन बारम्बार आग्रह गरेको छ । तर, लुटपाटमा संलग्नले हतियार बुझाएका छैनन ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)