काठमाडौं । आईसीसी विश्वकप एयिसा–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दछ ।
ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।
प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो ।
नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
यूएईविरुद्ध प्रतिस्पर्धामा उत्रँदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।
यूएई पनि समूह चरणका दुवै खेल जितेर सुपर–६ मा आएको हो । समूह ‘ए’मा यूएईले कतारलाई सात विकेटले हराएको थियो । यूएईले मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।
नेपालले सुपर–६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले यूएईसँगै कतार, ओमान र समाओसँग खेल्नेछ ।
नेपालले आफ्नै समूहबाट सुपर–६ मा आएको जापानविरुद्ध भने प्रतिस्पर्धा गर्ने छैन । शीर्ष तीन टाेली विश्वकपमा छनाेट हुनेछन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,442)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)