लागूऔषध काराेबारीकाे अड्डामा प्रहरीको छापा : हतियार लुट्ने ‘जेन्जी’सहित ८ जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापामा  प्रहरीको हतियार लुट्ने र हिरासतबाट भागेका दुईसहित ८ जना लागूऔषध काराेबारी  पक्राउ परेका छन् ।

शनिबार साँझ दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरकाे सेक्टर ए ३ हट नं. ३५३ मा छापा मारेकाे प्रहरीले जेन्जी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट  हतियार लुट्ने र इलाका प्रहरी कार्यालय उर्लाबारीकाे हिरासतबाट भागेका थुनुवासहित  आठ जनालाई ७ ग्राम ८०० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेकाे हाे ।

लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेकाे थियो ।

घरधनी  दमक–३ वेलडाँगी भुटानी शरणार्थी शिविरका साजन थापा (२७), इलाम चुलाचुली–३ का दिपेश तामाङ (३२) र सनम राई (३२), दमक–३ का आदित्य लिम्बू (१८), पविन विश्वकर्मा (१९) र सुचन दर्जी (२५), वेलडाँगी भुटानी शिविरका बिजय माझी (२५) र  मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेललाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ परेकामध्ये आदित्य लिम्बू ‘जेन्जी आन्दोलन’का क्रममा २४  भदौमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय झापका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल गत भदौ २४ गते इलाका प्रहरी कार्यालय उर्लाबारीकाे  हिरासतबाट फरार रहेका व्यक्ति हुन् । त्यसबेला उनी लागूऔषध मुद्दाकाे अनुसन्धानका लागि हिरासतमा थिए ।

घरको कोठा तलासी गर्दा चस्माको खोलभित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ ।

बरामद लागुऔषध र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, २५ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.