सुनसरीको रामधुनीमा सिटी चालककाे गाेली हानी हत्या

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनीया टाेलमा सिटी सफारी चालकको हत्या भएको छ । शनिबार साँझ  साढे ५ बजे  स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको  हाे ।
प्रहरीका अनुसार उनकाे छातीमा गाेली हानेकाे जस्तो दाग छ ।

कर्मनीया टोल स्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्र.१-०२-००४ ह ७८०४ नम्बरको सिटी सफारी राेकेर चालकलाई माेटरसाइलमा आएको ३ जनाकाे समूहले गाेली प्रहार गरेकाे थियो ।

सडकमा राेकेर राखेकाे सिटी सफारीबाट करिब २०० मिटर टाढा शव फेला  परेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी याेगराज खतिवडाले जानकारी दिए । सिटी सफारी चालक रक्ताम्य अवस्थामा लडेकाे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रारम्भिक अनुसन्धानपछि चौधरीको शव पाेष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको  उनलेे बताए । घटनाका कारणबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनलेे बताए ।

प्रहरीका स्राेतका अनुसार तीन जनाको समूहले चाैधरीकाे हत्या गरेकाे हाे ।  कुन हतियार प्रयाेग गरिएको हाे भन्ने विषय पाेष्टमार्टम पछि मात्रै खुल्ने डिएसपी खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, २५ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.