सुनसरीको रामधुनीमा सिटी चालककाे गाेली हानी हत्या

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनीया टाेलमा सिटी सफारी चालकको हत्या भएको छ । शनिबार साँझ  साढे ५ बजे  स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको  हाे ।
प्रहरीका अनुसार उनकाे छातीमा गाेली हानेकाे जस्तो दाग छ ।

कर्मनीया टोल स्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्र.१-०२-००४ ह ७८०४ नम्बरको सिटी सफारी राेकेर चालकलाई माेटरसाइलमा आएको ३ जनाकाे समूहले गाेली प्रहार गरेकाे थियो ।

सडकमा राेकेर राखेकाे सिटी सफारीबाट करिब २०० मिटर टाढा शव फेला  परेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी याेगराज खतिवडाले जानकारी दिए । सिटी सफारी चालक रक्ताम्य अवस्थामा लडेकाे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रारम्भिक अनुसन्धानपछि चौधरीको शव पाेष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको  उनलेे बताए । घटनाका कारणबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनलेे बताए ।

प्रहरीका स्राेतका अनुसार तीन जनाको समूहले चाैधरीकाे हत्या गरेकाे हाे ।  कुन हतियार प्रयाेग गरिएको हाे भन्ने विषय पाेष्टमार्टम पछि मात्रै खुल्ने डिएसपी खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, २५ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.