विश्वकप छनाेट : समूह विजेता बन्दै नेपाल सुपर सिक्समा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

शुक्रबार साँझ सम्पन्न खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको हो । जापानले दिएको १३२ रनको लक्ष्य नेपालले २ ओभर बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो ।

नेपालको जितमा ओपनर आसिफ सेखले सर्वाधिक ३८ रन बनाए । गुल्सन झाले अविजित २८ रन थप्दा अर्का ओपनर कुशल भुर्तेलले २७ रन जोडे । कप्तान रोहितकुमार पौडेलले १८ र दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए ।

जापानका सोमा सेल्टरले दुई विकेट लिए । रियो साकुरानो थोमस, सबारिस रविचन्द्रन र डेक्लान सुजुकीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको थियो ।

जापानका ओपनर तथा कप्तान केन्डेल फ्लेमिङले सर्वाधिक ६० रन बनाए । गुल्सन झाले गरेको १४औँ ओभरको तेस्रो बलमा कप्तान रोहित पौडेलबाट क्याच हुनुअघि उनले ४६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।

एस्मान रहमानले २५ बलमा एक चौका र दुई छक्कासहित ३१ रन थपे । यी दुईले ११–१ को स्थितिबाट ८६ रनको साझेदारी गर्दै जापानलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

शीर्ष क्रम ब्याटरबाट राम्रो प्रदर्शन रहे पनि मध्यक्रमका ब्याटरले त्यो लयलाई कायम राख्न नसक्दा जापान ठूलो स्कोरसम्म पुग्न सकेन । १४औँ ओभरको समाप्तिसम्म जापानले तीन विकेट गुमाएर १०२ रन बनाएको थियो । तर, यसपछिका ६ ओभरमा नेपालका बलरले उत्कृष्ट पुनरागमन गर्दा जापानले स्कोरबार्डमा २९ रनमात्र थप्न सक्यो ।

यी दुईबाहेक, बेन्जामिन इटो–डेविसले १७ रन थपे ।

नेपालका सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए । सोमपाल कामी र नन्दन यादवको नाममा समान एक विकेट रह्यो । चार ओभर बलिङ गरेका सन्दीपले २५ रन खर्चिए । गुल्सन र सोमपालले समान २० रन खर्चिए ।

नेपालले यसअघि पहिलो खेलमा कुवेतविरुद्ध ५८ रनको जित निकालेको थियो । हारका बाबजुद जापान पनि समूह उपविजेताको रुपमा सुपर–६ मा प्रवेश गरेको छ ।

विश्वकपको यो छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका कुल नौ टिमको सहभागिता छ । जसबाट तीन टिमले मात्र आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् ।

समूह चरणमा नौ टिमलाई प्रत्येक समूहमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा छनोट हुनेछन् । सुपर–६ को शीर्ष तीनमा रहने टिमले विश्वकपमा स्थान बनाउने छन् ।

प्रकाशित मिति: शुक्रबार, २४ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.