संविधान संशोधन गर्ने प्रचण्डको प्रस्ताव

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । जेनजी आन्दोलनको म्यान्डेट अनुसार वर्तमान सविधान संशोधन गर्न नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका छन् ।  संविधानले अहिलेकै रुपमा काम नगर्ने बताउँदै उनले संशोधनको प्रस्ताव गरेका हुन् ।

शुक्रबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा उनले यसका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताए ।

‘यो संविधानले अहिलेकै रुपमा काम गर्दैन, संशोधन–परिमार्जन गरौं,’प्रचण्डले भने,‘ राष्ट्रिय सहमति जुटाउ ।’

उनले राष्ट्रिय स्वाधीनताको विषयमा ठूलो हस्तक्षेप भइरहेको पनि दाबी गरे । ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप, स्वाधीनताको विषय पहिले थिएन,’ उनले भने ।

जेनजी आन्दोलनले संविधानको विषयलाई नितान्त नयाँ कोणबाट सोच्नुपर्ने ठाउँमा ल्याइदिएको पनि प्रचण्डले बताए ।

उनको दल माओवादी केन्द्रले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने यसअघिबाटै बताउँदै आएको बताए ।

प्रकाशित मिति: शुक्रबार, २४ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.