संविधान संशोधन गर्ने प्रचण्डको प्रस्ताव

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । जेनजी आन्दोलनको म्यान्डेट अनुसार वर्तमान सविधान संशोधन गर्न नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका छन् ।  संविधानले अहिलेकै रुपमा काम नगर्ने बताउँदै उनले संशोधनको प्रस्ताव गरेका हुन् ।

शुक्रबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा उनले यसका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताए ।

‘यो संविधानले अहिलेकै रुपमा काम गर्दैन, संशोधन–परिमार्जन गरौं,’प्रचण्डले भने,‘ राष्ट्रिय सहमति जुटाउ ।’

उनले राष्ट्रिय स्वाधीनताको विषयमा ठूलो हस्तक्षेप भइरहेको पनि दाबी गरे । ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप, स्वाधीनताको विषय पहिले थिएन,’ उनले भने ।

जेनजी आन्दोलनले संविधानको विषयलाई नितान्त नयाँ कोणबाट सोच्नुपर्ने ठाउँमा ल्याइदिएको पनि प्रचण्डले बताए ।

उनको दल माओवादी केन्द्रले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने यसअघिबाटै बताउँदै आएको बताए ।

प्रकाशित मिति: शुक्रबार, २४ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.