सरकारले सुरक्षाकर्मी फिर्ता गरेपछि प्रचण्डको सुरक्षामा वाईसीएलको टोली

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सरकारले सुरक्षाकर्मीको टोली फिर्ता गरेपछि नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा पूर्वलडाकु ब्याकग्राउण्डका वाईसीएलको टोली खटिएको छ ।

सरकारले सुरक्षामा खटिएको जनशक्ति घटाएपछि वाईसीएलको टोली खटिएको हो । वाईसीएलका अध्यक्ष पुष्प ओलीले संयोजक प्रचण्डको सुरक्षामा वाईसीएल टोली खटिएको पुष्टि गरे ।

स्रोतका अनुसार प्रचण्डको सुरक्षामा पूर्वलडाकुसमेत छन् । उनीहरूलाई तीन तहको सुरक्षा घेरामा परिचालन गरिएको छ ।

प्रचण्डको यात्रामा स्कर्टिङ गर्नुपरेमा पनि केन्द्र र सम्बन्धित जिल्लाको वाईसीएलको विशेष टिम खटिने गरी व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, २४ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.