विश्वकप छनाेट : शीर्ष स्थानका लागि जापानसँग खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको दोस्रो खेलमा नेपालले आज जापानविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

तेस्रोपटक टी–२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपाली टिम सुपर सिक्समा पुगिसकेको छ । सुपर थ्री मा रहने टाेली विश्वकपमा छनाेट हुनेछ ।

बुधबारदेखि ओमानको अल अमेरतमा सुरु भएको प्रतियोगितामा नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ ।

समूह ‘बी’मा रहेको नेपालले कुवेतविरुद्ध ५८ रनको जित निकालेको थियो । आजको खेलमा जित निकाले नेपाल समूह विजेता बन्दै प्रतियोगिताको सुपर–६ मा प्रवेश गर्नेछ ।

जापान पनि लगातार दोस्रो जितको खोजीमा छ । जापानले यसअघि पहिलो खेलमा कुवेतविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी मैदान टर्फ–१ मा हुने यो खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ बजेदेखि सुरु हुनेछ ।

छनोटअघि नेपालले तयारीस्वरुप टेस्ट राष्ट्र तथा दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको तीन खेलको शृंखला खेलेको थियो । युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको उक्त शृंखलामा नेपालले २–१ को ऐतिहासिक जित निकालेको थियो ।

प्रकाशित मिति: शुक्रबार, २४ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.