विश्वकप छनाेट : शीर्ष स्थानका लागि जापानसँग खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको दोस्रो खेलमा नेपालले आज जापानविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

तेस्रोपटक टी–२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपाली टिम सुपर सिक्समा पुगिसकेको छ । सुपर थ्री मा रहने टाेली विश्वकपमा छनाेट हुनेछ ।

बुधबारदेखि ओमानको अल अमेरतमा सुरु भएको प्रतियोगितामा नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ ।

समूह ‘बी’मा रहेको नेपालले कुवेतविरुद्ध ५८ रनको जित निकालेको थियो । आजको खेलमा जित निकाले नेपाल समूह विजेता बन्दै प्रतियोगिताको सुपर–६ मा प्रवेश गर्नेछ ।

जापान पनि लगातार दोस्रो जितको खोजीमा छ । जापानले यसअघि पहिलो खेलमा कुवेतविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी मैदान टर्फ–१ मा हुने यो खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ बजेदेखि सुरु हुनेछ ।

छनोटअघि नेपालले तयारीस्वरुप टेस्ट राष्ट्र तथा दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको तीन खेलको शृंखला खेलेको थियो । युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको उक्त शृंखलामा नेपालले २–१ को ऐतिहासिक जित निकालेको थियो ।

प्रकाशित मिति: शुक्रबार, २४ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.