महेशपुरमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार
तस्वीर : सामाजिक सञ्जाल ।

विराटनगर । बिहीबार बिहान मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०४–००२ प ०४६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिहानकाे राति करिब २ बजेतिर दुर्घटना हुँदा चालक विराटनगर महानगरपालिका–६ का ३५ वर्षीय हरिओम राजवंशीको मृत्यु भएको हो ।

मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएकाे थियाे ।

दुर्घटनामा  गम्भीर घाइते राजवंशीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार विराटनगर–६ का ३४ वर्षीय सन्दीप राजवंशी र ३३ वर्षीय वसन्त राजवंशी घाइते भएका छन् । घाइते दुवै जनाकाे  विराट नर्सिङ होममा उपचार भइरहेकाे छ ।

प्रकाशित मिति: बिहिबार, २३ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.